धादिङ क्रिकेट लिगः नीलकण्ठ र गल्छीको विजयी सुरुवात

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २, २०७९

धादिङ । धादिङ क्रिकेट लिगको तेस्रो खेलमा नीलकण्ठ नगरपालिकाले सिद्धलेक गाउँपालिका माथि २२ रनको जित दर्ता गरेको छ । भने चौथो खेलमा गल्छीले धुनिबेसी माथि ८ विकेटको जित निकालेको छ । १५१ रनको मध्यम लक्ष्य लिएर मैदान आएको सिद्धलेकले निर्धारित १९.३ ओभरमा १० विकेट गुमाउदै १२९ रन मात्र जोड्दा नीलकण्ठ २२ रनले जियी बन्यो भने १०९ रनको सामान्य लक्ष्य लिएर मैदान आएको बेनीघाटले १८.५ ओभरमा सबै विकेट गुमाउदै ७७ रन मात्र जोड्दा गल्छीले ३१ रनको जित दर्ता गरेको छ ।

बिशालटारको खेल मैदानमा टस हारेर ब्याटिङको लागि आएको नीलकण्ठ नगरपालिका निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५१ रन जोडेको थियो । नीलकण्ठले १३ ओभरमा ६३ रन जोड्दै ४ विकेट गुमाउदै सुजित श्रेष्ठ र सन्तोष घिमिरेले ५ औ विकेटका लागि ४२ बलमा ८७ रनको साझेदारी गरे । सुजितले ४ चौका र २ छक्काको मद्दतमा २३ बलमा ३४ रन जोडे । सन्तोष घिमिरेले २१ बलमा ३५ रन प्रहार गरे । निशान गुरुङले २३ रन जोडे । सिद्धलेकका दिवश कडेल, प्रदिप गिरी र साजन सिलवालले सम्मान एक विकेट लिए ।

सिद्धलेकका ओपनर ब्यटर दिवश कडेलले १३ बलमा २४ रन जोडे । उनले ३ छक्का र १ चौका प्रहार गरे । सचिन श्रेष्ठले १६ रन जोडे । नीलकण्ठका सन्तोष घिमिरेले ३.३ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए । अनिश अधिकारीले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिए। खेलको म्यान अफ द म्याच सन्तोष घिमिरे भए ।

बिशालटारको खेल मैदानमा टस जितेर ब्याटिङको गरेको गल्छी गाउँपालिकाले २० ओभरमा मात्र २ विकेट गुमाउदै १०८ रन जोडेको थियो । गल्छीका राम हरी सापकोटाले ५४ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४९ रन जोडे । उनी प्रतियोगिताको पहिलो अर्धसतक बाट मात्र एक रनले चुकेका हुन् । सुजन बुढाठोकीले ४२ बलमा ४१ रनको आजिबित पारी खेले । उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

बेनीघाट रोराङ गाउँपालिकाका आशिष आचार्य र अमृत लम्सालले सम्मान १-१ विकेट लिए । १०९ रनको सामान्य लक्ष्य लिएर मैदान आएको बेनीघाटले १८.५ ओभरमा सबै विकेट गुमाउदै ७७ रन मात्र जोड्यो । बेनिघाटका अन्जल सिलवाल १४ र अमृत लम्साल ले २४ रन जोडे । अन्यको अन्य ब्यटरको भने सम्झना लायक प्रदर्शन रहेन । गल्छीका राम हरि सापकोटाले ३.५ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । रुपेश भुजेलले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए । खेलको म्यान अफ द म्याच अल- राउण्डर प्रदर्शन गरेका राम हरि सापकोटा भए ।