त्रिपुरासुन्दरी विरुद्ध धुनिबेसी ४ रनले विजयी

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आजबाट सुरुभएको जिल्ला स्तरीय अन्तरपालिका टी २० क्रिकेटमा त्रिपुरासुन्दरी गाउँपालिका विरुद्ध धुनीबेसी नगरपालिकाले ४ रनले विजयी भएको छ । धुनीबेसीले दिएको १२५ रनको टारगेटमा त्रिपुरासुन्दरी १२० रनमा खुम्चन पुग्दा धुनिबेसी विजयी भएको हो । बागमती प्रदेशको जारी पीएम कप छनोटमा सहभागी कौशल रुपाखेती धुनीबेसीबाट र अमृत थापा त्रिपुरासुन्दरीबाट खेलेका थिए ।

यस अघि आजै भएको खेलमा खनियाबासले गजुरीलाई हराएको थियो । अब हुने लिग चरणका खेलहरु
कार्तिक २ गते
नीलकण्ठ नगरपालिका vs सिद्धलेक गाउँपालिका विहान ७ बजे
गल्छी गाउँपालिका vs बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs खनियाबास गाउँपाकिला दिनको २ बजे
कार्तिक ३ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs गजुरी गाउँपालिका बिहान ७ बजे
गल्छी गाउँपालिका vs सिद्धलेक गाउँपालिका बिहान ११ बजे
बेनीघाट रोराङ गाउँपालिका vs नीलकण्ठ नगरपालिका दिनको २ बजे
कार्तिक ४ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs खनियाबास गाउँपालिका बिहान ९ बजे
गजुरी गाउँपालिका vs धुनीबेसी नगरपालिका दिनको १ बजे
कार्तिक ५ गते
बेनीघाट रोराङ vs सिद्धलेक बिहान ९ बजे
नीलकण्ठ vs गल्छी दिनबो दिनको १ बजे