बागमती प्रदेशको पीएम कप छनोटमा धादिङका ६ जनाले खेल्ने

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २८, २०७९

धादिङ । यहि असोज ३० गतेबाट बागमती प्रदेशले पीएम कपका लागि खेलाडी छनोट (One Day) प्रतियोगिताको आयोजना गरेको छ । कार्तिक ४ गते सम्म जारी रहने प्रतियोगिताका लागि बागमती प्रदेश अन्तरगतका क्रिकेट संघमा दर्ताभएका जिल्लाहरुले भाग लिने छन् । यो प्रतियोगिताको लागि धादिङका ६ जना खेलाडीहरुले विभिन्न जिल्लाबाट खेल्ने भएका छन् ।

गंगाजमुना गाउँपालिकाका राजु ढकालले भक्तपुर, त्रिपुरासुन्दरी गाउँपालिकाका उज्वल थापा र बेनीघाट रोराङका श्याम त्रिपाठीले त्रिभुवन युनिभर्सिटी, त्रिपुरासुन्दरीकै अमृत थापाले नुवाकोट, धुनीबेसीका कौषल रुपाखेतीले काठमाडौं र गंगाजमुनाका स्वप्निल अधिकारीले चितवनबाट उक्त छनोट खेल खेल्ने भएका हुन् ।