बागमती प्रदेश स्तरीय करातेमा धादिङकी रजनी तामाङलाई स्वर्ण

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २७, २०७९

धादिङ । नुवाकोटको कल्लाबारी डोजो मेगाङमा भएको बागमती प्रदेश स्तरीय कराते प्रतियोगितामा काठमाडौलाई हराउँदै धादिङकी रजनी तामाङले स्वर्ण पदक जितेकी छिन् । असोज २५ र २६ दुई दिन चलेको उक्त प्रतियोगितामा धादिङले १ स्वर्ण सहित ९ पदक जितेको छ ।

धादिङका कराते प्रशिक्षक टिम कोच मिथुन तामाङ घिसीङका अनुसार धादिङबाट १४ जना खेलाडीले प्रतिस्पर्धा गरेकोमा १ स्वर्ण, ४ रजत र ४ कास्य गरी ९ पदक जित्न सफल भएको छ भने धादिङ टिम प्रतियोगिता कै अनुशासित टिम घोषित बन्न समेत सफल भएको छ ।

धादिङबाट सहभागि खेलाडी र पदक
१. छेवाङ तामाङ ४० केजी
२. सञ्जय तामाङ ४५ केजी, रजत पदक
३. सुदिप तामाङ ५० केजी कास्य पदक
४. विशाल तामाङ ५५ केजी रजत पदक
५. छिरिङ तामाङ ५५ केजी कास्य
६. मनिष तामाङ ५० केजी
७. सरोज तामाङ खुल्ला तौंल
८. अंग्रीता तामाङ ३५ केजी
९. आरती तामाङ ४० केजी रजत पदक
१०. रोजिना तामाङ ४५ केजी प्रतियोगिता कै राइजिङ प्लेयर
११. दवरी तामाङ ५० केजी कास्य पदक
१२. सुनिता तामाङ ५० केजी कास्य पदक
१३. अनुषा तामाङ ५५ केजी
१४. रजनी तामाङ खुल्ला तौलमा स्वण पदक
सुदिप तामाङ सिनियर कातामा रजत पदक