
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरी डाँडा गाउँ खेल मैदानमा असोज २० गते देखि हुने भनिएको फुटबल प्रतियोगिता निरन्तर झरीका कारण स्थगित हुन पुगेको र आगामी कार्तिक ४ गतेबाट प्रतियोगिता गरिने आयोजक संस्थाका सन्तलाल घलेले धादिङपोष्टलाई बताए ।
डाँडा गाउँ युवा समाज गंगाजमुनाले आयोजना गर्ने उक्त खुल्ला फुटबल प्रतियोगितामा विजयी टिमले प्रदान गरिन पुरस्कारमा केहि फेर बलदन नगरिएको समते उनले बताए । प्रतियोगितामा प्रथमले १ लाख १११ प्रथम र उप विजेताले ५० हजार ५५५ पाउने बताईएको छ । प्रतियोगिताको मिति सरेकोले टिम दर्ताको समय पनि थपिएको घलेले बताएका छन् । यो प्रतियोगिता खुल्ला क्लव स्तरीय हो ।









































