लागुऔषध चरेस सहित तीनजना पक्राउ

Avatar photo
Dhadingpost
अशोज २१, २०७९

वीरगन्ज । बाराको बेनौली गाउँबाट सशस्त्र प्रहरीले लागुऔषध चरेस २० किलोसहित तीनजनालाई पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनोली स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट शुक्रबार बिहान खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट चरेस बोकेर आउदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका -१९ नगवा घर भएका ३० वर्षीय मुकेश श्रीवास्तव, वीरगन्ज २ छपकैया घर भएका १६ वर्षीय मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ घर भएका ३७ वर्षीय मुस्तान देवान रहेका छन् ।