
काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।
‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाटकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु ।’ गत भदौ २१ गते १७ वर्षीया नावलिगलाई जबरजस्तीकरणी गरेको अभियोगमा लामिछानेविरुद्ध महानगीय प्रहरी वृत्त गौशलामा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले उनिविरुद्ध जबरजस्तीकरणीको मुद्धा चलाएर अनुसन्धान अगाडी बढाएको छ ।
उजुरी परेको झण्डै १ महिनापछि सन्दीप लामिछाने नेपाल आउँदैछन् । उनि आएलगत्तै प्रहरीले उनलाई पक्राउ गर्ने जनाइएको छ । सन्दीप विरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत जारी गरेको छ। त्यही आधारमा प्रहरीले आफ्ना निकायहरूमा जहाँ देखे पनि पक्राउ गर्नु भन्ने परिपत्रसमेत गरेको छ। विदेशमा भएकाले विदेशबाट फर्कने बित्तिकै विमानस्थलबाट पक्राउ गर्न विमानस्थल प्रहरीलाई समेत पत्राचार भइसकेको छ।










































