धुनीबेसी फुटबलको उपाधी आयोजक ‘बी’ ले जित्यो

Avatar photo
Dhadingpost
सोमवार, अशोज १७, २०७९

धादिङ । धुनीबेसी युवा समुहको आयोजना तथा धुनीबेसी नगरपालिकाको प्रायोजनमा धुनीबेसी नगरपालिका ६ तल्लो बानियाटारमा भएको 9A Side फुटबल प्रतियोगिता आयोजक बीले जितेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक धुनीबेसी युवा समुह B ले धुनीबेसी युथ सोसाइटीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भएको थियो । आयोजक A लाई पेनाल्टीमा पराजित गर्दै धुनीबेसी युवा क्लव फाईनल प्रवेश गरेको थियो ।

सेमिफाईनलका विजेता यी दुई टिम बीचको फाईनलखेल आईतबार भएको थियो निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि भएको पेनाल्टीमा आयोजक धुनीबेसी युवा समुह बी ले जितेको थियो । ११ टिम सहभागिता रहेको यस प्रतियोगिताका विजयी टीमले क्रमस प्रथम पुरस्कार ५५ हजार ५५५, दोस्रो पुरस्कार २६ हजार ५५५ पाएका थिए ।