बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ

Avatar photo
Dhadingpost
अशोज १५, २०७९

काठमाडौं । बलात्कारको झुटो जाहेरी दिने एक जना महिलालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् । उक्त निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।