‘टाइमकार्ड’ लागू, खनीखोला–गजुरी साढें १ घण्टा

Avatar photo
Dhadingpost
अशोज १४, २०७९

धादिङ । सवारी दुर्घटनालाई न्युनिकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न वागमती प्रदेशले प्रमुख राजमार्गहरुमा ‘टाइमकार्ड’ लागू गरेको छ । चाडपर्वलाई लक्षित गरी लागु भएको ‘टाइमकार्ड’ अनुसार धादिङ खानीखोला देखि गजुरी सम्मको समय साढें १ घण्टा तोकिएको छ ।

वागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीका अनुसार मुग्लिङ नारायणगढ खण्ड, पूर्वपश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल देखि दोलालघाटसम्म र बीपी राजमार्गको मंगलटारदेखि काभ्रे भञ्ज्याङसम्म टाइमकार्ड लागू गरिएको रेग्मीको भनाई छ ।

टाइमकार्ड लागू गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको उनले बताए । तस्वीर फाईल