धुनीबेसी चालिसे खेलमैदानमा आजबाट फुटबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
आइतवार, अशोज ९, २०७९

धादिङ । धुनीबेसी नगरपालिका स्थित धार्के चालिसे खेल मैदानमा आजबाट वडा स्तरीय 9/A Side फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

यस प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने धुनीबेसीबाट दिपेन्द्र रेग्मीले धादिङपोष्टलाई बताए ।

धुनीबेसीमा युवा समुहको आयोजना तथा धुनीबेसी नगरपालिकाको प्रायोजनमा हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५, दोस्रो पुरस्कार २६ हजार ५५५ रहेको छ ।