नेत्रावती डबजोङमा दोस्रो रिप कप आज देखि (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
आइतवार, अशोज ९, २०७९

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५ स्थित रिप गाउँमा आज देखि अन्तर क्लव स्तरीय खुल्ला 7A side पुरुष फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्दै छन् । ४ पोल बनाएर खेलाईने गरि खेल तालिका बनाईएको छ जसमा पोल १ मा देयाराली, नयाँछाप, डीएफसी र देउराली बी, पोल २ मा चौतारा, लामिडाडा, छ्योईलिङ, सक्रिय युवा समाज, आयोजक र देउराली, यस्तै पोल ३ मा ब्रादी, चरङ्गे, मनेगाङ, सेमजोङ छन् भने पोल ४ मा डुब्चे केवरा ए, डुप्चे केवरा बी, आयोजक र गैसावाङ क्वलहरु परेका छन् ।

प्रथम पुरस्कार ५० हजार, उप विजेता पुरस्कार ३० हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार र उच्च गोलकर्ता ३ हजार पुरस्कार रहको आयोजक रिप युवा समाजका मिसन तामाङले धादिङपोष्टलाई बताए ।