
समीकरण
काठमाडौं । ” कला साहित्यमा निरन्तर बहस ” भन्ने उद्घोषका साथ अखिल नेपाल लेखक संघ , केन्द्रीय समितिको आयोजनामा बातलाबा कार्यक्रमको २२ औं श्रृङ्खला राजधानी स्थित पद्मोदय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । “स्रष्टापरक अध्ययन , लेखकको मृत्यु र उत्तरआधुनिकता” विषयक बहस तथा कविता वाचन कार्यक्रममा अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षता रहेको थियोे ।
कार्यक्रममा अखिल नेपाल लेखक सङ्घका सल्लाहकार प्रा. डा. राजनप्रसाद पोखरेल, जनसांस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय सदस्य तेजविलास अधिकारी, अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष तथा बातलाबा विभाग संयोजक स्वप्निल स्मृति, अखिल नेपाल लेखक सङ्घका सचिव द्वय डा. कौशिला रिसाल र जित अधिकारी, साहित्यकार पोषराज पौडेल, केशरी अम्गाई, अखिल नेपाल लेखक सङ्घका कोषाध्यक्ष प्रकाश तिवारी, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा वाग्मती प्रदेश कमिटीका अध्यक्ष अगिव बनेपाली, शिक्षासेवी भोला ढकाल, दुर्गानारायण ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ , नेपालका अध्यक्ष डा. मधुसूदन गिरीले “स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता” विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहप्राध्यापक भीम रेग्मीले कार्यपत्रमाथि टिप्पणी सहित पूरक धारणा राख्नुभएको थियो ।
अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य सन्तोष सिम्खडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कविहरू शेखर अर्याल , सुशीला शर्मा, डिल्लीराम राई ( नाकारा ), दुर्लभ काइँला, सुमन पुडासैनी लगायतले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरू माथि कवि प्रगति राईले समीक्षा गर्नुभएको थियो।
कार्यक्रममा लेखक तथा समालोचक डा.अम्बिका अर्याल, लेखक तथा उपप्राध्यापक जीवन जीवन्त, पत्रकार धनबहादुर मगर, कवि मिसन अधिकारी, सञ्चारकर्मी विक्रम चेतनशील´ राई, लेखक तथा साहित्यकार पुरुषोत्तम रिजाल, सोनामसज्जन´ किराँती, दीप कुलुङ, संवाद बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।

