भेटन त भेटे मैले…

Avatar photo
Dhadingpost
अशोज ८, २०७९

भेटन त भेटे मैले तिम्रो नजिक….
भेटन त भेटे मैले तिम्रो नजिक जान नसके नि
देखे पछि खुसि मिल्दो रहेछ बोल्न नसके पनि

अनेक थिए मेरा जिन्दगिका आशाहरु
तिमिलाई हेर्न बर्षौ देखि कुरि रहेछन यि आँखाहरु
आशा मेरो तिमि बाटै पुरा हुन्छ होला नि
भेटन त भेटे मैले तिम्रो नजिक जान नसके नि

फूलको बगैचामा अनेक फूलहरुले सजाउथिन
लोभलाग्दो पहिरनमा सजिएर हेरिरहन्थिन
नशा चढेर आयो यि आँखाहरुमा तिमिलाई हेर्ने
भेटन त भेटे मैले तिम्रो नजिक जान नसके नि