एमाले गजुरी ८ का अध्यक्ष रेशमले छाडे पार्टी

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७९

उपेन्द्र जमकट्टेल
धादिङ । नेकपा एमाले गजुरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रेशम बहादुर बस्नेतले एमाले पार्टी छाडेको घोषणा गरेका छन् । उनले एमाले गजुरी गाउँपार्टी कमिटीलाई वडा पार्टी अध्यक्षबाट राजिनामा दिएको पत्राचार गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनले पत्रमा लेखेका छन्, पछिल्लो समय पार्टी नेतृत्व जिम्मेवार हिन बनेको, पार्टी सिद्धान्त र पार्टीहित विपरित लाग्ने स्वार्थी तत्वको हावी भएको कारणले आफ्नो जिम्मेवारीबाट राजिनामा दिँदै पार्टी नै छाडेको घोषणा गर्दछु ।

उनले पार्टी छाडेको जानकारी आफ्नो फेसबुकमा लेखि जानकारी सार्वजनिक गरेका छन् यद्यपी उनी अन्य पार्टीमा प्रवेस गरेर राजनीति गर्ने या राजनीति नै नगर्ने भन्नेबारे भने केहि खुलाएका छैनन् ।