गंगा जमुनामा भलिबल असोज १३ देखि, समापनमा भव्य सांस्कृतिक कार्यक्रम

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७९

धादिङ । उत्तरी धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका ४ स्थित सातदोबाटोमा असोज ११ देखि वडा स्तरिय भलिवल सुरु हुने छ भने प्रतियोगिताको समापनको दिन १६ भव्य सांस्कृतिक कार्यक्रम हुनेभएको छ ।

सिर्जनशिल रातमाटे युवा क्लब गंगा जमुना ४ ले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको लागि असोज १२ गते मध्यान्न सम्म टिम दर्ता गरि सक्नु पर्ने क्लवका अध्यक्ष उमेश अधिकारीले जनाए ।

गुम्दी सातदोबाटोमा आयोजना गर्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ३० हजार ३३३, द्वितियलाई १५ हजार ५१५ र तृतियलाई १० हजार २१० रहेको बताईएको छ । असोज १६ गते हुने पुरस्कार वितरण तथा प्रतियोगिता समापन कार्यक्रममा फुलपाती विशेष सांस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष अधिकारीले बताए ।

सांस्कृतिक कार्यक्रममा गरिब सिरियलको टिम, राष्ट्रिय कलाकारहरु
गायिका लक्ष्मि खड्का र गायक सरोज सिम्खडाको साथमा स्थानीय कलाकारहरुको वजोड प्रस्तुती रहने आयोजकले जाएको छ ।