गंगाजमुना स्तरीय भलिबल प्रतियोगिता असोज ११ देखि

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३१, २०७९

धादिङ । गंगाजमुना गाउँपालिकामा विजया दशमी २०७९ को पावन अवसरमा पालिका स्तरीय भलिबल प्रतियोगिता असोज ११ देखि १६ सम्म हुने भएको छ ।

सिर्जनशिल रातमाटे युवा क्लव गंगाजमुनाले गुम्दी सातदोबाटोमा आयोजना गर्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ३० हजार ३३३, द्वितियलाई १५ हजार ५१५ र तृतियलाई १० हजार २१० रहेको बताईएको छ ।

असोज १६ गते हुने पुरस्कार वितरण तथा प्रतियोगिता समापन कार्यक्रममा फुलपाती विशेष सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।