माओवादी केन्द्रका चितवन सहइन्चार्ज एमालेका प्रवेस

Avatar photo
Dhadingpost
भदौ ३०, २०७९

धादिङ । नेकपा माओवादी केन्द्रका जनयुद्धकालिन प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) एमालेमा प्रवेस गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर प्रवेस गराएका थिए ।

चितवनबाट उनी मात्रै हैन माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिना, चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक लगायत एमालेमा प्रवेस गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।