धादिङका कांग्रेस नेता इटनी राष्ट्रिय नागरिक पार्टीमा प्रवेस

Avatar photo
Dhadingpost
भदौ २९, २०७९

धादिङ । नेपाली कांग्रेस धादिङको क्षेत्र नम्बर १ प्रदेश (ख) का सचिव बलबहादुर इटनी राष्ट्रिय नागरिक पार्टीमा प्रवेस गरेका छन् ।

स्थानीय तहको चुनावमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ को अध्यक्षका आकांक्षी समेत रहेका इटनीले पार्टीको निर्देशन मान्दै अन्तिममा आएर गठबन्धनका उम्मेदवारलाई सघाउन तयार भएका थिए ।

पार्टी प्रवेस सँगै इटनीलाई राष्ट्रिय नागरिक पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरि धादिङ संयोजक तोकेको छ ।

धादिङपोष्ट सँग छोटो प्रतिक्रिया दिँदै इटनीले भने, अहिले देखिएका नेपालका ठुला भनियका पार्टीबाट युवाहरुको माग पुरा हुँदैन र युवाहरु सत्तामा पनि पुग्न सक्दैनन् जव युवाहरुलाई दवाइन्छ तर विद्रोह हुन्छ । पुराना पार्टीबाट कसैले आशा नगर्दा हुन्छ मैले यहि सोचेर नयाँ पार्टी रोजेको हुँ ।