जिल्ला स्तरीय गायन प्रतियोगितामा द राईजिङ भिलेज प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २४, २०७९

धादिङ । धादिङको जिल्ला स्तरीय गायन प्रतियोगितामा गल्छी गाउँपालिका स्थित द राईजिङ भिलेज बोर्डिङ स्कुल प्रथम भएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) धादिङले आयोजना गरेको प्याब्सनमा आवद्ध विद्यालयहरुको जिल्ला स्तरीय गायन प्रतियोगितामा छात्रा र छात्र दुबैमा द राईजिङ भिलेज बोर्डिङ स्कुलका विद्यार्थी प्रथम भए भने अंक स्कोरको आधारमा पनि यहि विद्यालय प्रथम भएको थियो ।

द राईजिङ भिलेज बोर्डिङ स्कुलका छात्रा इरा गर्तौला र छात्र तर्फ दिलिप गर्तौला प्रथम भएका थिए भने द्विातियमा आधारशिला बोर्डिङ, तृतिय सुनगाभ एकेडेमी र सान्तोना एड्भान्स एकेडेमी भएको थियो ।