धादिङकी सुमित्रा चेपाङ नेपाल चेपाङ संघको उपाध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
भदौ २४, २०७९

धादिङ । नेपाल चेपाङ संघको पाँचौँ महाधिवेशनबाट धादिङकी सुमित्रा चेपाङ उपाध्यक्षमा निर्वाचित भएकी छिन् भने सचिवमा धादिङ कै सुरेन्द्र चेपाङ निर्वाचित भएका छन् ।

अध्यक्षमा मकवानपुरका गोन्दिराम र वरिष्ठ वरिष्ट उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ र उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ विजयी भएकी हुन् ।

यस्तै महासचिवमा चितवनका सन्तबहादुर चेपाङ र सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ विजयी भए ।

३५ सदस्यीय कार्यसमितिमा मकवानपुरबाट ६ जना, धादिङबाट ५ जना, गोरखाबाट ३ जना, लमजुङ र तनहुँबाट १–१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।