धुनीबेसीको बच्छलादेविले, सी डिभिजन लिग छनोट खेल्ने

Avatar photo
Dhadingpost
सोमवार, भदौ २०, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर १ मा रहेको बच्छलादेवि युथ क्लवले यहि असोज १ गते देखि हुने राष्ट्रिय लिग (सी डिभिजन) क्वालिफायरमा प्रतिस्पर्धा गर्ने क्लवका कोषाध्यक्ष सागर हमालले बताए ।

सबै कागजी प्रक्रिया पुरा भैसकेको छ । अब खेलाडी छनोटमा लागेका छौं । धादिङका कोहि खेलाडी यस लिग खेल्न चाहेमा तत्काल क्लवमा सम्पर्क गर्न समेत उनले अव्हान गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने यस प्रतियोगिताको छनोटपछि शीर्ष तीन क्लब सी डिभिजनमा बढुवा हुनेछन् ।

गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए तर छनोटमा भने पर्न सकेनन् ।