नेकपा थाक्रेको अध्यक्षमा प्रताप चेपाङ चयन

Avatar photo
Dhadingpost
शनिबार, भदौ १८, २०७९

सुन्दर लामा
धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । थाक्रेको मानडाँडामा सम्पन्न सम्मेलनले प्रताप चेपाङको नेतृत्वमा ११ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई पार्टीका जिल्ला सेक्रेटरी सृजनले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै पार्टीले दिइएको जिम्मेवारीलाई सचेततापुर्वक ग्रहण गर्न निर्देशन दिएका थिए ।

ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीन बुँदे सहमति लागू गर्नुको सट्टा देउवा नेतृत्वको सरकारले तीन बुँदे सहमति विपरीत पार्टीका महासचिव लगायत नेता कार्यकतामाथि पक्राउ पुर्जी जारी गरेर देशलाई द्वन्द्व तिर धकेल्न खोजेको भन्दै सचेत भएर अगाडी बढाउनु पर्ने उनले बताए ।

राष्ट्रघाती एमसीसी र एसपीपीलाई जबर्जस्त लादेर नेपालका संसदवादी दलहरुले अमेरिकी साम्राज्यवादको उक्साहटमा देशलाई युक्रेन बनाउन खोजेको भन्दै सबै खाले राष्ट्रघातका विरुद्ध एकजुट हुन समेत उनले गरे ।

सम्मेलनलाई थाक्रे गाउँपालिका इञ्चार्ज तथा पार्टीका जिल्ला समिति सदस्य शक्तिले स्वागत मन्तव्य र जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनपत्रकार संगठन धादिङका अध्यक्ष सुन्दर लामाले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा पुराना वामपन्थी नेता नवराज रेग्मी, भिम बहादुर सुयलले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सुरेन्द्र थापाले गरेका थिए भने अध्यक्षता प्रताप चेपाङले गरेका थिए ।