नेतृ उर्मिला धादिङ क्षेत्र नं. १ प्रदेश (क) बाट समानुपातिकमा सिफारिस

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १७, २०७९

धादिङ । नेपाली कांग्रेस प्रतिनीधि सभा क्षेत्र नम्बर १ को (क) समानुपातिक प्रदेश सांसदको टिकटका लागि उर्मिला कडेल जोसी सिफारिस भएकी छिन् ।

२०५५ सालबाट नेवि संघ महेन्द्रदय माविको ईकाई अध्यक्ष बन्दै राजनीति यात्रा तय गर्दै २०६३ सालमा नेपाल विद्यार्थी संघ धादिङको कोषाध्यको भुमिका निर्वाह गर्न सफल उर्मिलालाई प्रतिनीधि सभा क्षेत्र नम्बर १ ले प्रदेश सांसदको समानुपातिक टिकटका लागि जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

२०६७ सालमा नेपाली कांग्रेस क्षेत्र नं. ३ को सदस्य बन्न सफल उर्मिला ०७२ र ०७८ सालमा कांग्रेसको केन्द्रिय महालिवेशन प्रतिनीधि बन्न सफल नेतृ हुन् । महिला आन्दोलनमा अग्रभागमा देखिने उर्मिला धुनिबेसी नगपालिकाको प्रतिनीधित्व गर्दै प्रदेश सांसदको समानुपातिक टिकटको लागि आकांक्षी बनेकी हुन् ।