बसेरी डाँडागाउँमा प्रथम पुरस्कार १ लाख १११ राशीको फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १७, २०७९

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरी डाँडा गाउँ खेल मैदानमा दशैको अवसरमा १ लाख १११ प्रथम, ५० हजार ५५५ द्वतिय पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

डाँडा गाउँ युवा समाज गंगाजमुनाले आयोजना गर्ने उक्त खुल्ला फुटबल प्रतियोगिता असोज २० गते देखि हुने बताईएको छ ।

उक्त प्रतियोगिताको लागि इच्छुक क्लवहरुलाई टिम दर्ता गर्न आव्हान गर्दै डाँडा गाउँ युवा समाज गंगाजमुनाले सूचना जारी गरेको छ । धादिङपोष्टका लागि डाँडा गाउँ खेल मैदानको फोटो सौजन्य -अमर गुरुङ