
काठमाडौं । विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने गरी सामुदायिक विद्यालय कर्मचारी परिषद्स र शिक्षा मन्त्रालय सहमति भएको छ ।
सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच बुधबार बसेको त्रीपक्षीय वार्तामा परिषदले राखेको उक्त माग मन्त्रालयले पुरागर्ने गरि सहमती भएको हो ।
परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेर भदौ १ गतेदेखि आन्दोलन सुरु गरेका थिए ।
