
काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।
म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले देशैभर यसकाे प्रयाेगमा निषेध गरेकाे हाे ।
“मोबाइल हेर्दै बाइक सवारी चलाउँदा दुर्घटना बढ्ने सम्भावना हुन्छ,” उनले भने, “यसै पनि ड्राइभिङ गर्दा मोबाइल फोन प्रयोग गर्नु गैरकानूनी हो । चालकले एक हातले बाइक थाम्ने अर्को हातले मोबाइल चलाउने हुँदा सवारी दुर्घटनाको जोखिम बढेका छन् । एउटा जोखिम त्यो भयो, अर्को भनेको कानून अनुसार राख्नै पाउँदैनन् ।”
अहिले सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको र चाँडै नै सिधै कारबाही प्रक्रियामा जाने ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जनाए ।
