वर्बाङमा श्रेष्ठले ३५ रोपनीमा एभोगार्डो लगाउदैं, पालिका अध्यक्ष थपलियले गरे उद्घाटन

Avatar photo
Dhadingpost
सोमवार, भदौ १३, २०७९

धादिङ । बेनीघाट रोराङ गाउँपालिका ३ वर्बाङमा मानकाजी श्रेष्ठले ३५ रोपनी जग्गामा ४०० एभोगार्डोको विरुवा रोप्न सुरुगरेका छन् ।

आईतबार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को हातबाट एभोगार्डोको विरुवा रोपेर मानकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष थपलियाले मानकाजीले उदाहरणिय काम गर्न लागेकोमा खुसी व्यक्त गर्दै गाउँपालिकाले पनि व्यवसायीक एभोगार्डोे खेती गर्न चाहने किसानलाई एभोगार्डो विरुवा दिने योजना बनाएको बताए ।