धादिङको गलौंदी फुटबलको च्याम्पियन घाटबेसी बन्यो

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा गलौंदी युवा क्लवले आयोजना गरेको ७ ए साईड फुटबलको च्याम्पियन घाटबेसी युवा क्लव बनेको छ । घाटबेसीले अरुणोदय युवा क्लवलाई ३–२ को गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।

जितका लागि घाटबेसीका खेलाडी सुमन डङ्गोलले २ गोल र रन्जन पुनले १ गोल गरेका थिए भने उप विजेतामा चित्त बुझाउन वाध्य भएको अरुणोदय आदमटारका लागि संजय श्रेष्ठ र संजिव तामाङले १–१ गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी अरुणोदयका संजिव तामाङ घोषित भए भने सर्वाधिक गोलकर्ता घाटबेसी टिमका सुमन डङ्गोल बने ।

विजेता टिम र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि जगुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

यस्तो थियो यस प्रतियोगितको खेल
सेमिफाईनल
फेमिफाईनलमा सघर्षशिल युवा क्लवलाई हराउँदै घाटबेसी युवा क्लव फाईनल प्रवेस गरेको छ घाटबेसीले ३–१ को गोल अन्तरले सघर्षशिल युवा क्लवलाई पराजित गरि फाईलन पुगेको हो । यस्तै दोस्रो सेमिफाईनल खेलमा गलौंदी युवा क्लवलाई ३–१ को गोल अन्तरले पराजित गर्दै अरुणोदय युवा क्लव फाईनल यात्रा सुरषित गरेको हो ।

क्वाटरफाईनल
क्वाटर फाईनलको पहिलो खेलमा घाटबेसी युवा क्लवले गजुरी सामुदायीक विकास समाजलाई ५–१ ले पराजित गरेको छ । घाटबेसीका लागि समुन डंगोलले एकल ३ गोल गरे भने कपिल सापकोटा र मिलन लामाले १–१ गोल गरेका थिए । दोस्रो खेल कारु प्रतिष्ठान र अरुणोदय युवा क्लव बीच भएको थियो निर्धारित समयका दुबै टिकले गोल गर्न नसके पछि भएको पेनाल्टीका अरुणोदय विजय बन्दै सेमिफाईनल यात्रा तय गर्यो भने कारु घर फर्कियो । तेस्रो खेल संघर्षशिल युवा क्लव र किरान्चोक फुटबल टिम बीच भएको थियो । संघर्षशिका सागर तामाङ र राजन गुरुङको १–१ गर्दा किरान्चोक गोल रहित बन्दै घर फर्कियो । अन्तिम खेलमा गलौंदी युवा क्लव र केउरेनी युवा क्लव बीच भएको थियो । यी टोलीले पनि निर्धारित समयमा गोल गर्न सकेनन् र पेनाल्टीमा आयोजक गलौंदी विजयी बन्दै सेमिफाईनल पुग्यो ।

दोस्रो दिनको खेलमा
पहिलो खेलमा कारु विजयी भई क्वाटर फाईनल प्रवेस गरेको छ भने अरुणोदय बी आउट भएको छ । जितका लागि अरुणोदय बीको ३ गोलका विरुद्ध कारुले ४ गोल गरेको थियो । कारुका लागि सुवाष एसी १, अनिल कडेल १, सुमन श्रेष्ठ १ र राजिव घलेले १ गोल गरेका थिए भने अरुणोदयका लागि सन्देश माझिले २ र संजय माझिले १ गोल गरेका थिए । दोश्रो खेलमा किरान्चोक फुटबल क्लवले ७ गोल गर्दै सिटिभिटि टिमलाई पराजित गरेको छ । किरान्चोकको जितका लागि सुन्दर थापामगरले ३, विकास भुजेल १, अजय थापा १ र प्रकाश गिरीले २ गोल गरेका थिए भने सिटिभिटि टिमका लागि सरोज अधिकारीले १ गोल गरेका छन् । तेश्रो खेलमा सिमटार युवा क्लवलाई किउरेनीटार युवा क्लवलाई हराएको छ । जितका लागि किउरेनीटारले सिमटारको १ का विरुद्ध २ गोल गरेको थियो । किउरेनीका लागि देवबहादुर मगर र राजकुमार राईले १-१ गोल गरेका थिए भने सिमटारका लागि ईशान सुवेदीले १ गोल गरेका थिए । चौथो खेलमा संघर्षशिल युवा समाजले चील आउटलाई पराजित गरेको छ । जितका लागि संघर्षशिलले चिल आउटको २ का विरुद्ध ४ गोल गरेको थियो । संघर्षशिलका लागि राजकुमार गुरुङ २, सागर तामाङ १ र उमेश तामाङले १ गोल गरेका थिए भने चील आउटका लागि सागर मगर र रोशन मगरले १-१ गोल गरेका थिए ।

पहिलो दिनको खेल
विपिन कडेलले एकल ५ गोल, दनियल राना २, मनिश नेपाल २ गोल, शैलेन्द्र लामा १ गोल, जिन डल्लाकोटी १ र विपक्षी आत्म घाती १ गोल सहित गजुरी सामुदायी विकास समितिले आयोजक गलौंदी युवा समाज बी लाई पराजित गरेको थियो । गजुरी साविसको १२ गोलको विरुद्ध गलौंदी बीले १ गोल पनि गर्न नसकि प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक संस्थाका रविन्द्र सापकोटका अनुसार आजै भएको दोस्रो खेलमा ताल्ती युवा क्लव को २ गोलका विरुद्ध ३ गोल गर्दै अरुणोदय युवा क्लव ए विजयी भएको छ । ताल्तीका लागि श्रीराम तामाङले २ गोल गरेकाथिए भने अरुणोदयको लागि रविसागर मगर १ र सञ्जिव तामाङले २ गोल गरेका थिए । यस्तै आजै भएको तेस्रो खेलमा घाटबेसीले भद्रकाली युवा क्लव मलेखुलाई पराजित गरेको छ । जितका लागि घाटबेसीले मलेखुको ४ गोलको विरुद्ध ५ गोल गरेको थियो । घाटबेसीका लागि रञ्जन पुनले २, मिसन लामा १ सुमित डंगोल १, उत्सव शर्माले १ गोल गरेका थिए भने भद्रकालीका लागि सुरज प्रजा २, निरुज सिल्वाल १ र दिपक मगरले १ गोल गरेका थिए ।