गलौंदीमा जारी फुटबलको सेमिफाईनल सकियो, फाईनल आज दिउँसो २ बजे हुने

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जारी फुटबल प्रतियोगिताको सेमिफाईनल पार गर्दै दुई टिम फाईनल प्रवेस गरेका छन् । फाईनल खेल आज दिउँसो २ बजे हुने आयोजक गलौंदी युवा क्लवका रोजेन्द्र सापकोटाले बताए ।

१५ टिमको सहभागिता रहेको यस प्रतियोगिताको फेमिफाईनलमा सघर्षशिल युवा क्लवलाई हराउँदै घाटबेसी युवा क्लव फाईनल प्रवेस गरेको छ घाटबेसीले ३–१ को गोल अन्तरले सघर्षशिल युवा क्लवलाई पराजित गरेको थियो ।

यस्तै दोस्रो सेमिफाईनल खेलमा गलौंदी युवा क्लवलाई ३–१ को गोल अन्तरले पराजित गर्दै अरुणोदय युवा क्लव फाईनल यात्रा सुरषित गरेको हो । यस प्रतियोगिताको विजेता टिमले ३० हजार र उप विजेता टिमले १५ हजार नगद पाउने छन् ।