तेस्रो मार्पाक प्रिमियर लिगको च्याम्पियन टिम थला

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७९

काठमाडौं । धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्थित साबिक मार्पाक गाविस स्तरिय फुटसल प्रतियोगिताको तेस्रो सस्करणको च्याम्पियन टिम थला बनेको छ ।

काठमाण्डाैकाे फ्रेन्डस स्टार फुटसल भत्केपुलमा सम्पन्न “तेस्राे मार्पाक प्रिमियर लिग” नामक फुटसल प्रतियाेगिताकाे उपबिजेता टिम मार्पाक बन्न सफल भयाे । जम्मा ८ टिम सहभागी लिगमा A र B गरि २ पाेल बनाईएकाे थियाे ।

आ-आफ्नाे पाेलबाट समूह उपबिजेता बन्दै सेमिफाईनल पुगेका टिम भेट्रान्स र टिम खानी गाउँ सेमिफाईनलमै राेकिए । पहिलाे सेमिफाईनलमा टिम थलाले टिम भेट्रान्सलाई १-० ले पराजित गर्दै फाईनल प्रबेश गरेकाे थियाे भने दाेस्राे सेमिफाईनलमा टिम मार्पाक र टिम खानीगाउ निर्धारित समयमा २-२ काे बराबरी भएपछि मार्पाकले पेनाल्टीबाट २-० गाेल गर्दै टिम थला संगकाे फाईनल भेट पक्का गर्याे ।

फाईनल खेलमा टिम थलाले टिम मार्पाकलाई ३-० गाेलले पराजित गर्दै च्याम्पियन बन्न सफल भयाे । लिगकाे उत्कृष्ठ गाेलकिपर टिम भेट्रान्सका मनाेज फ्युवा, उत्कृष्ठ फरवार्ड टिम मार्पाकका भिमसेन अधिकारी र उत्कष्ठ डिफेन्स टिम थलाका सुरज गुरुङ्ग बन्न सफल भए । लिगकाे च्याम्पियन टिम थलाले च्याम्पियन ट्रफी, नगद पुरस्कार तथा मेडल प्राप्त गर्याे भने उपबिजेता टिम मार्पाकले पनि नगद पुरस्कार प्राप्त गर्याे ।

पुरस्कार बितरण कार्यक्रममा लिग संचालनकाे लागि महत्वपुर्ण भुमिका निर्बाह गरेका टिम थलाका मेनेजर जंग बहादुर गुरुङ्गलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे भने रेफ्रिहरु आशिष् भुजेल र सुनिल चाैधरीलाई पनि मायाकाे चिनाे र नगद उपहार प्रदान गरिएकाे थियाे ।

लिगमा साबिक मार्पाकका टिम मार्पाक, टिम भेट्रान्स, टिम थला, टिम सि.सि.एम., टिम खानीगाउ, टिम बाेराङ्ग, टिम ईन्द्रजंग र टिम निमार्चाेक गरि ८ वटा टिमले सहभागिता जनाएका थिए । चाैथाे सस्करणकाे मार्पाक प्रिमियर लिग अशाेज महिनामा दशै अगाडी गर्ने तयारी रहेकाे लिगका संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयाे ।