गलौंदीमा जारी फुटबलको फाईनलमा भोली (आजको खेल अपडेट)

Avatar photo
Dhadingpost
शनिबार, भदौ ११, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जारी फुटबल प्रतियोगितको फाइनल भोली हुने आयोजक संस्था गलौंदी युवा क्लवका राजेन्द्र सापकोटाले बताएका छन् । १५ टिम सहभागी गलौदीमा जारी 7A साईड फुटबल प्रतियोगिताको आज भएको क्वाटर फाईनलबाट घाटबेसी युवा क्लव, संघर्षशिल युवा क्लव, अरुणोदय युवा क्लव र गलौंदी युवा क्लव सेमिफाईनल प्रबेस गरेका छन् ।

भदौ १२ गते हुने सेमिफाईल बिहान घाटबेसी युवा क्लव vs संघर्षशिल युवा क्लव र अरुणोदय युवा क्लव vs गलौंदी युवा क्लव बीच हुने छ भने सेमिफाईनलमा विजेता टोली बीच भोली २ बजे फाईनल हुने सापकोटले बताए ।

आजको क्वाटर फाईनल खेल अपडेट
आज भएको क्वाटर फाईनलको पहिलो खेलमा घाटबेसी युवा क्लवले गजुरी सामुदायीक विकास समाजलाई ५–१ ले पराजित गरेको छ । घाटबेसीका लागि समुन डंगोलले एकल ३ गोल गरे भने कपिल सापकोटा र मिलन लामाले १–१ गोल गरेका थिए । यस अघिका खेलहरुमा चर्चामा रहेको गजुरी भने क्वाटर फाईनलमा आएर रोकियो गजुरीका लागि १ गोल मनिस नेपालले गरेका थिए ।

आजको दोस्रो खेल कारु प्रतिष्ठान र अरुणोदय युवा क्लव बीच भएको थियो निर्धारित समयका दुबै टिकले गोल गर्न नसके पछि भएको पेनाल्टीका अरुणोदय जियी बन्दै सेमिफाईनल यात्रा तय गर्यो भने कारु घर फर्कियो ।

आजको तेस्रो खेल संघर्षशिल युवा क्लव र किरान्चोक फुटबल टिम बीच भएको थियो । संघर्षशिका सागर तामाङ र राजन गुरुङको १–१ गर्दा किरान्चोक गोल रहित बन्यो । यस्तै आजको अन्तिम खेलमा गलौंदी युवा क्लव र केउरेनी युवा क्लव बीच भएको थियो । यी टोलीले पनि निर्धारित समयमा गोल गर्न सकेनन् र पेनाल्टीमा आयोजक गलौंदी विजयी बन्दै सेमिफाईनल पुग्यो । यस प्रतियोगिताको विजेता टिमले ३० हजार र उप विजेता टिमले १५ हजार नगद पाउने छन् ।