विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अनिवार्य – पालिका अध्यक्ष थपलिया

Avatar photo
Dhadingpost
शनिबार, भदौ ११, २०७९

धादिङ । बेनिघाट राेराङ गाउपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले पालिका भित्र रहेका विद्यालयहरुलाई निर्देशन दिदै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अनिवार्य जाेड्न आग्रह गरेका छन् ।

बेनिघाट राेराङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा अायाेजित पालिका स्तरीय अन्तर विध्यालय छात्र छात्रा नृत्य प्रतियाेगिताका प्रमुख अतिथि समेत रहेका उनले किताबी ज्ञानले मात्रै पुग्दैन, हरेक विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापलाई जाेड दिनु पर्ने बताएका हुन् ।

उक्त पालिका स्तरीय अन्तर विद्यालय नृत्य प्रतियाेगितामा १६ वटा विघ्यालयहरुले भाग लिएका थिए । प्रथम पशुपति शिक्षा मन्दिर, दाेस्राे चन्द्राेदय मा वि विशालटार, तृतीय शंखादेवि मा वि मझिमटार, चाैेथाे बागेश्वरी मा वि रिचाेकटार र पाँचौ राष्ट्रिय मा वि खाेर भन्ज्याङ भएका थिए ।