
धादिङ । गत चैतको पहिलो साता सम्पन्न भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा धादिङ क्रिकेटले ऐतिहासिक उपलब्धी हात पारेको प्रतियोगिता थियो । बागमती प्रदेश सरकारले संचालन गरेको उक्त प्रदेश स्तरीय प्रतियोगिताले वषौं देखि क्रिकेट गतिविधि गर्दै आएका क्यानमा दर्ता समेत भईसकेका जिल्लाहरुलाई हराउँदै धादिङले फाईनल मकवानपुर सँग खेलेको थियो ।
उक्त प्रदेश स्तरीय प्रतियोगितालाई नै आधार मानेर बागमती प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुदको लागि खेलाडी छनोट गर्दा क्रिकेटमा धादिङबाट ४ जना २८ जनाको बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् । धादिङ घर भई चितवनमा रहेर क्रिकेट खेल्ने र चैतमा भएको प्रदेश स्तरीय प्रतियोगिता धादिङबाट खेलेका स्वप्निल अधिकारी भने यो बन्द प्रशिक्षण पर्न सकेनन् ।
धादिङका अमृत थापा, उज्वल थापा, श्याम त्रिपाठी र कौशल रुपाखेती बन्द प्रशिक्षणमा पर्दा धादिङ क्रिकेटको शिर उचाई बढेको बताउँदै क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेलले अर्का अत्यन्त राम्रा खेलाडी स्वप्निल अधिकारी बन्द प्रशिक्षण नपर्नु दु:खद पक्ष भएको बताए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुँदैछ । तथापी यो मिति अगावै पुरुष क्रिकेट प्रतियोगिता चाहि काठमाडौमा हुने बताईएको छ ।
- धादिङ उप विजेता बनेको त्यो प्रदेश स्तरीय क्रिकेट
- धादिङ क्रिकेटको उच्च सफलता बागमती प्रदेश उपविजेता
- धादिङद्वारा सेमिफाईनलमा सुवास खकुरेल रहेको काभ्रे, १५५ रनले पराजित
- धादिङका अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक लामा
- प्रदेश क्रिकेटः धादिङ र काभ्रे, चितवन र मकवानपुरको सेमीफाइनल
- धादिङको काठमाडौं माथि ऐतिहासिक जित
- धादिङको उत्कृष्ट बलिङ सँगै रसुवा पराजित
- धादिङ क्रिकेट टिमले, पहिलो खेल चैत २ गते रसुवा सँग खेल्दै
