थाक्रेमा किसानहरुलाई एभोकाडोको बिरुवा प्रदान

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २०, २०७९

धादिङ । कृषीको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत थाक्रे ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको छ ।

थाक्रे गाउपालिका ७ का वडा अध्यक्ष युवराज खतिवडाका अनुसार यस वडामा एभोकाडो ग्रिन भिलेज बनाउने उदेश्यले परिक्षणको लागि करिब १ सय ५० घर धुरीको लागि दश/दश बोटको दरले उक्त बिरुवा वितरण गरिएको हो ।

थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाको प्रमुख आतित्थ्यतामा भएको विरुवा वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबिन सिह चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष सन्तबहादुर तामाङ, थाक्रे गाउँपालिका एमालेका अध्यक्ष कृष्ण पन्त, कृषि प्राबिधिक रामजी भट्ट लगायतको आतिथ्यता रहेको थियो ।