धादिङका सहदेव धमला ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा विजयी

Avatar photo
Dhadingpost
आइतवार, साउन १, २०७९

धादिङ । धादिङबाट काठमाडौं गई पर्यटन व्यवसाय गर्दै आएका सहदेव धमला ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा विजयी भएका छन् । सत्ता गठबन्धन नीकट पर्यटन व्यवसायीहरुको भविश्वर शर्माको प्यानलबाट उनी विजयी भएका हुन् ।

माओवादी केन्द्र नकिट धमलाले ६८३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र श्रेष्ठले ५२५ मत मात्रै ल्याएका थिए । धमलाले विगत १८ वर्षदेखि राजधानीको ठमेललगायतका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका छन् । उनले ठमेलस्थित काठमाडौं इको होटल, बेस्ट हेरिटेज टुर एण्ड ट्राभल्स, शैक्षिक संस्था, अन्य होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

अध्यक्षमा धमला रहेकै प्यानलका भविश्वर शर्मा विजयी बने । उनले ७७२ मत ल्याई विजयी हुँदा उनको नकिटम प्रतिद्वन्दी एमाले कांग्रेस प्यानलबाट अध्यक्षमा उठेका धादिङका ध्रुव अधिकारीले ५६८ मत मात्रै पाए ।

यस्तै धादिङका प्रकाश थपिलया सदस्यमा निर्वाचित भएका छन् उनी ध्रुव अधिकारीको प्यानलबाट सदस्यमा निर्वाचित भएका हुन् । २०५२ सालमा धादिङको सिद्दलेकमा जन्मिएका थपलिया यस निर्वाचनका कान्छा उम्मेदवार थिए । उनी विगत ९ बर्ष देखि पर्यटन ब्यवसायमा संलग्न छन् ।

निर्वाचनबाट उपाध्यक्षमा गिता गुरुङ, शहदेब धमला, प्रशय राज भण्डारी, महासचिबमा राजिब पाण्डे, सचिबमा रामचन्द्र गिरि, कोषाध्यक्षमा पुण्यराम लागेजु, सदस्यहरुमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिम्खडा, चेतनाथ पुडासैनी, पुर्णिमा मालाकर, तेन्जिङ लामा, लालबाबू चौधरी बिजयी बनेका छन ।