त्रिपुरासुन्दरीद्वारा न्यायीक, शिक्षा र अपाङ्गता समन्वय समिति गठन

Avatar photo
सन्जु श्रेष्ठ
बिहिबार, असार १६, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आज सम्पन्न कार्यपालिकाको वैठकले न्यायीक, शिक्षा र अपाङ्गता समन्वय समिति गठन गरेको छ ।

गाउँपालिका प्रमुख राजु उप्रेतीको अध्यक्षतामा बसेको बैठकले यी तिन समितिका गठन गरेको हो ।

कुन समितिमा को-को आए ?
१. न्यायीक समिति
संयोजक: देवराज धरेल
सदस्यहरुमा गोमा सिटौला र रामहरी गिरी चयन भएका छन् ।
२. गाउँ शिक्षा समिति
संयोजक: राजु उप्रती
सदस्यहरुमा हरि विश्वकर्मा, मिना बयलकोटी, इन्द्रबहादुर खतिवडा, सशिधर पाठक, हरिराम बुर्लाकोटी, कपिलदेव सिंखडा, कमलबहादुर थापा, टंक सिलवाल, ठान प्रसाद बसौला, अर्जुन नगरकोटी र रक्मिला ईटनी चयन भएका छन् ।
३. अपाङ्गता समन्वय समिति
संयोजक: देवराज धरेल
सदस्यहरुमा लष्मी परियाल छिनाल, खड्क बुर्लाकोटी, संजय बराल, भानु आचार्य, रुक्मिला ईटनी, बाबुकाजी श्रेष्ठ, कमल इटनी, बाबुराम गौली, सिता न्येउपाने, इन्द्रबहादुर खतिवडा र मिना देवकोटा चयन भएका छन् ।

बैठकले गाउँपालिका स्तरीय भुमिहिन तथा अव्यवस्थित बसोवासी व्यवास्थान सहजिकरण समितिको लागि कार्यपालिकाबाट मनोनित हुने सदस्यहरुमा राममायाँ पन्थ र मंजु नेपालीलाई जिम्मा दिएको छ ।