धादिङको नीलकण्ठ सहित ४ स्कुललाई बस किन्न प्रदेशद्वारा बजेट विनियोजन

Avatar photo
Dhadingpost
शुक्रबार, असार ३, २०७९

धादिङ । बागमती प्रदेश सरकारले धादिङको नीलकण्ठ नगरपालिकाका रहेको नीलकण्ठ मावि सहित ४ वटा विद्यालयको लागि शिक्षा विकास निर्देशनालय मार्फत स्कुल बस खरिदका लागि वजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले धादिङबेसीको नीलकण्ठ माध्यामिक विद्यालय, थाक्रे ६ मा रहेको जनजाग्रीती मावि, धुनीबेसी ७ मा रहेको मछिनद्र मावि र बेनीघाट रोराङ १० मा रहेको शंकादेवि माविलाई स्कुल बस खरिदका लागि २५-२५ लाख विनियोजन गरेको हो ।