पहिरोले पुरिएको घरबाट खाँणको शव निकालियो, उनी हिजो मात्रै घर आएका थिए

Avatar photo
सन्जु श्रेष्ठ
शुक्रबार, जेष्ठ २७, २०७९

धादिङ । अविरल परेको वर्षा पछि बिहिबार राती धादिङको त्रिपुासुन्दरी ५ आगिञ्चोकमा एक घर पहिरोले पुरियो । बिहानभर स्थानीय र प्रहरीले उदरमा खटिए तर सिताराम भनेर चिनिने नेत्र बहादुर खाँणलाई जिवित उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ ।

हिजो मात्रै पोखराबाट घर आएका उनी सुतेको घर गएराति अन्दाजी साढें १२ बजे पहिरोले घर पुरेको थियो । उनको श्रीमती अर्को घरमा सुतेकोले उनी भने पहिरोबाट जोगिएको स्थानीयले बताए । मृतक खाँणको १ छोरा रोजगारीको सिलसिलामा कोरियामा छन् भने बुहारी पोखरामा बस्दैआएको बताईएको छ ।

उद्दार कार्यमा नेपाली कांग्रेसका नेता तिलक रुवाली, पाउँपालिका प्रमुख राजु उप्रेती, उप प्रमुख देवराज धरेल, वडाध्यक्ष कुश बहादुर सिटौला, स्थानीयहरु र प्रहरीहरु सहभागि थिए ।