त्रिपुरासुन्दरी ५ आगिञ्चोकमा पहिरोले घर पुरियो उद्दार जारी

Avatar photo
सन्जु श्रेष्ठ
शुक्रबार, जेष्ठ २७, २०७९

धादिङ । धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

गएराति अन्दाजी साढें १२ बजे पहिरोले घर पुर्दा सिताराम खाँड वेपत्ता भएको र उद्दारकार्य जारी रहेको बताइएको छ ।

उद्दारमा स्थानीय जनता, समाजसेवीहरु र नेपाल प्रहरी लागि रहेको बताईएको छ । जेसीवी जान नसकेपछि स्थानीयले खनेर घर भित्रै पसेका खाँडको उद्दार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।