अमेरिकाको एक अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीमाथि छुरा प्रहार

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २१, २०७९

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा शुक्रवार एक व्यक्तिले ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’ अस्पतालको आकस्मिक कक्षमा पसी आक्रमण गर्दा तीनजना स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन् ।

लस एन्जलसको प्रहरी विभाग (एलएपीडी)का अधिकारी ड्रेक मेडिसनका अनुसार आक्रमणकारी अपराह्न ४ बज्नुभन्दा केही मिनेटअघि सान फर्नान्डो भ्यालीस्थित ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’मा पुगेका थिए ।

प्रहरी अधिकारीले आक्रमणकारीले तीनजना चिकित्साकर्मीमाथि छुरा प्रहार गरे र एक घण्टासम्म अस्पतालभित्रै घुमिरहे । एम्बुलेन्स विभागका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका तीनैजनालाई ट्रमा सेन्टरमा लगिएको छ ।

गत बुधबार पनि सशस्त्र व्यक्तिले ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएका थिए ।