कांग्रेस २, माओवादी २ र एमाले १ थपिए

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ४, २०७९

धादिङ । नीलकण्ठ गरपालिका वडा नम्बर १३ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सोमबहादुर गुरुङ विजयी भएका छन् । उनले आफ्नो आफ्नो जितका लागि १०१९ मत ल्याएका थिए भने उनको निकटम प्रतिद्वन्दी एमालेका मसिना तामाङले ३४० र माओवादीका प्रेम गुरुङले १८५ मत ल्याएका थिए ।

यस्तै त्रिपुरासुन्दरी ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा विजयी भएका छन् । उनले आफ्नो जितका लागि ७०९ ल्याए भने उनको निकटम प्रतिद्वन्दी कांग्रेसका खड्‍ग बहादुर सिंखडाले ४५७ र एमालेका अर्जुन विसुन्के ३९९ मत ल्याएका थिए ।

त्यसैगरी त्रिपुरासुन्दरी ५ को अध्यक्षमा माओवादी केन्द्रका कुश बहादुर सिटौला विजयी भएका छन् । उनले जितका लागि ५१८ मत पाउँदा उनको प्रतिद्वन्दीहरु कांग्रका इन्द्र कुमार श्रेष्ठले ४४९ मत र एमाले उम्मेदवार कमला राना मगरको ३४४ आयो ।

सिद्धलेक ६ मा एमालेका सुरेन्द्र मगरले जितेका छन् । उनले ९५३ मत ल्याई विजय िहुँदा उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार कांग्रेसका कुमार श्रेष्‍ठले ८३१ ल्याएका थिए ।

नीलकण्ठ ९ मा कांग्रेसका राजन बराईली विजयी भएका छन् । उनले प्रतिद्वन्दी नविन धमलालाई पराजित गरेका हुन् ।