
धादिङ । यस अघि माओवादीले जितेको नेत्रावती डवजोङ १ मा यो पटक कांग्रेसका ठाकुर गुरुङले अत्याधिक मतका साथ विजयी बनेका छन् । ०७४ सालमा माओवादी केन्द्र चन्द्रबहादुर पल्ली मगर ३७६ मत विजयी बनेका थिए भने यो पटक कांग्रेसका पालिका सभापति समेत रहेका गुरुङले ६०३ मत ल्याई विजयी भएका हुन् ।
उनको निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर पल्ली मगरले ४११ मत र एमालेका इश्वर थापा मगरले ११० मत ल्याएका थिए ।
यस्तै पालिकाको अध्यक्ष तर्फ यस वडाबाट हँसिया हथौडालाई ४७६, रुखलाई ३८४ र सूर्यलाई ९६ मत प्राप्त भएको छ भने उपाध्याक्ष तर्फ रुखले ५४५, हँसिया हथौडा ४१९ र सुर्यले ११० मत ल्याएका छन् ।
यस्तो थियो ०७४ सालको मत परिणम
प्रमुखमा
कांग्रेस टेकजंग लामा १५७३ मत
एमाले दुर्गकुमार शाक्य १६४६ मत विजयी
माओवादी केन्द्र ठाकुर गुरुङ १५१० मत (गुरुङ हाल माओवादी केन्द्र परित्याग गरि काँग्रेसको पालिका सभापति बनेका छन्)
राप्रपा बोसबहादुर तामाङ २७० मत
नयाँ शक्ति टेकबहादुर तामाङ ९४ मत
उप प्रमुखमा
कांग्रेस आशामायाँ तामाङ १५०९ मत
एमाले मिना तामाङ १३९१ मत
माओवादी केन्द्र उर्मिला तामाङ १५४२ मत विजयी
राप्रपा आकृती लामा तामाङ २९६ मत
वडा १ को अध्यक्षमा
कांग्रेस पदमबहादुर गुरुङ १९० मत
एमाले उत्तम अधिकारी ३१५ मत
माओवादी केन्द्र चन्द्रबहादुर पल्ली मगर ३७६ मत विजयी
राप्रपा हेमबहादुर थापा २८ मत
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेसअम्बर बहादुर तामाङ २४० मत
एमाले रामबहादुर तामाङ १०३ मत
माओवादी केन्द्र सुन्दर थापा २५९ मत विजयी
राप्रपा विष्णु तामाङ १७ मत
नयाँ शक्ति सुरेश तामाङ १०२ मत
वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस विजय कुमार तामाङ ३८२ मत विजयी
एमाले कालबहादुर तामाङ १२३ मत
माओवादी केन्द्र प्रेमबहादुर तामाङ ३०० मत
राप्रपा छे दोर्जे तामाङ १३१ मत
नयाँ शक्ति सुकराम तामाङ १३३ मत
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस दलबहादुर गुरुङ २९९ मत
एमाले तिलबहादुर गुरुङ ३६० मत विजयी
माओवादी केन्द्र राजकुमार श्रेष्ठ ३३२ मत
राप्रपा इन्द्रबहादुर गुरुङ ६० मत
वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस कालु गुरुङ ४०३ मत
एमाले डम्बर बहादुर अधिकारी ५८२ मत विजयी
माओवादी केन्द्र रामकृष्ण धमला १३५ मत
राप्रपा धनबहादुर तामाङ ७३ मत
नयाँ शक्ति अर्जुन सापकोटा ३८ मत
