धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुने बताएका छन् ।
नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न ५५ करोड बजेट सुनिश्चित भए सँगै कालोपत्र हुने निश्चित भएको बताएका हुन् ।
पाण्डेले सामाजिक संजालमा लेखेका छन्, २०६३ सालमा स्थानीय विकास मन्त्री भएको समयमा हामीले शुरु गरेको धार्के-सितापाइला सडकको धार्के-ठुलो खोला खण्ड यसपटक मुख्यमन्त्री भएपछि फेरी प्रयत्न गर्दा पूर्ण रुपमा कालेपत्रे सहित निर्माण सम्पन्न गर्नको लागि नेपाल सरकारको अर्थमन्त्रालयबाट ५५ करोड बराबरको श्रोत सुनिश्चित भएको छ । यस प्रक्रियालाई द्रुतढंगमा अगाडि बढाउन क्रियाशिल हुने सडक डिभिजन नुवाकोटको प्रमूख अमृतमणी रिमाल, सडक विभाग, सम्बन्धित मन्त्रालयहरु र सम्वद्ध सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाण्डौँ प्रवेश गर्ने यात्रुहरुलाई सहज हुनेछ भने नागढुँगा मुग्लिन सडक चौडा पार्ने क्रममा धार्के देखि काठमाण्डौँ तर्फको यातायात व्यवस्था सहज हुनेछ ।