सहिद मुनाको आज स्मृति दिवस (जिवनी समेत)

Avatar photo
नारायण सिलवाल
सोमवार, पुस २६, २०७८

धादिङ । माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धको क्रममा धादिङ जिल्लाबाट सहादत प्राप्त गने सहिद मध्य एक हुन् नीलकण्ठ नगरपालिका स्थित खाल्टेकी कल्पना श्रेष्ठ (मुना)।

जनयुद्धबाट मुना नामले परिचित कल्पना श्रेष्ठलाई आजैको दिन अर्थात २०६० साल पौष २६ गते तात्कालिन शाही सेनाले केवलपुर गा.वि.स. केराबारीमा निर्ममता पूर्वक हत्या गरेको थियो ।

सहिद कल्पना श्रेष्ठ मुनाको जिवनी
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका स्थित खाल्टेमा पिता बाबुलाल श्रेष्ठ र माता चोक कुमारी श्रेष्ठको कोख वाट वि.स.२०३८ साल कार्तिक १५ गतेका दिन ६ सन्तान मध्ये दोश्रो सन्तानको रुपमा जन्मनु भएको कल्पना श्रेष्ट क.मुनाको दाजु टंक कु. भाई पूर्ण व.,आरेमान, बहिनीहरु सुनिता र अनिता हुनुहुन्छ । उहाँले राजेन्द्र बराम संग जनवादी विवाह गर्नु भएको थियो ।

निम्न मध्यम वर्गमा जन्मनु भएको मुनाले किसान परिवारकी मुना निकै गरिबी भोक, रोग, संग लडेर वाल्यकाल् बिताउनु भएको थियो । खेतीबाट खान नपुग्ने परिवारको सदस्य मुना सानै देखि दुखलाई जीवन ब्यबहारमा बुझ्ने स्वाभावको हुनुहुन्थ्यो ।

मिलनसार, हँसिली, सबैलाई प्रभाव पार्न सक्ने अनावश्यक कुरा काटेको मन नपराउने मुना राननितीबाट टाढै हुनुहुन्थ्यो । विस्तारै विस्तारै जनयुद्धबारे रुचि देखाउँदै मुना क्रान्तिप्रति आकर्षित हुन थाल्नु भयो । औपचारिक शिक्षा हासील नगरेपनि उहााँ अरु भन्दा केही कमको हुुनुहुन्नथ्यो । परिवार पहिले देखिनै माओवादी समर्थक भएको कारण उहाँलाई पार्टीबारे जान्न त्यति गाह्रो परेन ।

समाजमा भएको महिला माथिको भेदभाव, छुवाछुत, रुढीवाद सबैको अन्त्यको लागी उहाँले जनयुद्धमा हाम फाल्नै पर्छ भन्ने निष्कर्षमा पुगेको कयौ कार्यक्रममा बताउने गर्नु हुन्थ्यो । उहाँ वि.स. २०५८ वैशाख २५ गते पुर्णकालिन हुनुभयो । २०५८ मै पार्टी सदस्यता पाउनु भएको मुना अ.ने.म.सघ (क्रान्तिकारी) को जिल्ला सदस्य बन्नु भयो । वि.स. २०६० सालमा पार्टीको जिल्ला सदस्य हुँदै मुना इलाका सेक्रेटरी पनि हुनुभयो ।

धादिङ कै दक्षिणी भुगोलमा पटक पटक दुश्मनको घेराबाट उम्कन सफल मुना दुश्मन (सरकारको सुरक्षाकर्मी) लाई चक्मा दिन निकै सिपालु हुनुहुन्थ्यो । जिल्लाको फौजी र गैह्र फौजी तत्कालिन कार्बाहीहरुमा सहभागी मुनाले नेवा राष्ट्रिय मुक्तिमोर्चामा रहेर पनि कार्यगर्नु भयो ।

नरिसाई दिएको जिम्मेवारी पुरा गर्ने मुना पार्टीकै कामको शिलशिलामा धादिङ जिल्लाको तात्कालिन केवलपुर गा.वि.स. केराबारीमा बास बस्नु भएको थियो । स्थानिय सुराकीले उहाँ बसेको खबर पु¥याए पछि सेनाले घर घेरा हाली कब्जामा लियो । वि.स. २०६० पुष २६ गते उहालाई तात्कालिन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।