चुक्यो नयाँ नेतृत्व

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २९, २०७८

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा फेरि अर्को पटक पनि सभापतिमा निर्वाचित भएका छन्, दोस्रो चरणको मतदानमा शेखर कोईरालालाई ८७८ मतले पराजित गरे यससँगै उनि प्रकाशमान निधि र काङ्ग्रेसका केही शिर्ष नेताहरुको सहयोगले फेरि पनि एकपटक पार्टी भित्रका केही व्यक्ति हरुको लागि नयाँ ‘नेतृत्व’चयन भएका छन् ।

देउवाले दोर्सो चरणमा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका छन् । जम्मा ४ हजार ६ सय २३ मत खसेकोमा अर्का सभापति पदका उम्मेदवार शेखर कोईरालाले १ हजार ८ सय ५५ मत पाए ।

नेपाली काङ्ग्रेसको राजनीतिमा उनी २५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको अध्यक्ष भई उदाएका थिए  उनको राजनीतिक यात्रा निकै सफल मानिन्छ  । २०४८ साल पछिको ६ वटा संसदीय र संविधान सभा निर्वाचनमा उनी पटक पटल विजय भएका छन र २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा ०५८,०६१,०७४ र पाँचौ पटक २०७८ मा पाचौं पटक प्रधानमन्त्री भएर गठबन्धन सरकार चलाईरहेका छन् ।

कहाँ चुक्यो त नयाँ नेतृत्व ?
काङ्ग्रेसका केही शिर्ष नेताहरुले देउवाको नेतृत्वमा अब पार्टी नचल्ने र कांग्रेसले आगामी निर्वाचनमा जित निकाल्न नसक्ने महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै होइन, पुस्तान्तरण हुन पर्ने उद्घोष गरेका थिए तर त्यस्तो भएन पहिलो चरणको मतदान सकिएपछिको अवस्था भने फरक रह्यो ।

पहिलो चरणमा सभापतिमा दोहोरिन चाहेका देउवाले बहुमत पुर्‍याउन सकेनन्, न त नेतृत्व परिवर्तन पक्षमा उभिएका अन्य उमेदवारले पनि बहुमत पुर्‍याउन सकेनन् र निर्वाचन दोस्रो चरणमा गयो, नेतृत्व परिवर्तन र पुस्तान्तरण हुन पर्ने पक्षमा उभिएका सिंह र निधि नै देउवाको पक्षमा उभिए र देउवाको सभापतिमै विराजमान हुने फेरि पनि सुअवसर मिल्यो ।

देउवा यसपटक उनी बिरुद्ध उठेका सारा उम्मेदवारहरु कसैलाई राष्ट्रपती, कसैलाई उप-प्रम, कसैलाई प्रम बनाउछु भन्दै पाँच वर्षका लागि आफ्नो पकट सुरक्षित राख्न सफल भए र आउने भनिएको नयाँ नेतृत्व चुक्यो यससँगै अन्य पदाधिकारी र केन्द्रिय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी हुदैछ र यसले प्रजातान्त्रिक आन्दोलनको ठूलो दल काङ्ग्रेसको अगामी ५ वर्षका लागि भबिस्य तय गर्नेछ ।