
धादिङ मंसिर २६ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङका जनप्रेमी नेताका रुपमा परिचित एमाले नेता खिनबहादुर थापा मगरलाई माओवादी कार्यकर्ताले हत्या गरेकाे १८ वर्ष पुगेकाे छ, अर्थात आज स्मृति दिवस ।
तात्कालिन जनयुद्धको क्रममा २०६० मंसिर २६ गते तात्कालिन विद्रोही पक्ष (माओवादी) कार्यकर्ताहरुले नेकपा (एमाले) का नेता खिनबहादुर थापाको हत्या गरेका थिए ।
जनतामा स्थापित नेताका रुपमा चिनिने थापाको स्मरणमा एमाले धादिङले खिन बहादुर थापा मगर स्मृति प्रतिष्ठान मार्फत स्मृति दिवसकाे अवसरमा विभन्न कार्यक्रमहरु गर्दै अाएकाे छ ।
स्व. खिन बहादुर थापा बारे जानकारी
खिनबहादुर थापा मगर ०३६ साल देखि कम्युनिष्ट राजनीतिमा लागेका हुन् । सलाङमा उनीकाे राजनीतिक सहकर्मी गोपाल थापा थिए । खिन बहादुर पञ्चमुखीको शिक्षक भने गोपाल किसान ।
०३६ सालमा भएको बहुदल कि निर्दल भन्ने जनमत संग्रहमा यी दुई बहुदलको प्रचारकर्ताको रुपमा रहनु रहे । उनीहरुलाई तात्कालि मालेका नेताहरु मिनराज कडेंल, राजन्द्र पाण्डे, देवराज त्रिपाठीले प्रशिक्षित पारेका थिए ।
यो सँगै राजनीतिमा होमिएका खिनराजले शिक्षण पेशा छाडेर पूर्ण रुपमा राजनीतिमा लागे भने, गोपाल पनि किसान संगठनको जिल्ला कमिटि सदस्य बने ।
राजनितिक दौरानका क्रममा तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको समय सम्म सलाङबाट माले बन्दै राजनीतिक यात्रा गरेका यी दुई जनाले नेकपा एमालेको जिल्ला स्तरिय पहुँच बनाए ।
मुलुक द्वन्दमा होमिए संगै सलाङका इन्द्र कुमार थापा, कर्ण बहादुर थापा (सेनाको लप्टन), खिन बहादुर थापा र गोपाल थापा माओवादीको वारेन्टमा परे । यो कुरा थाहा हुँदा हुँदै पनि जनतामा जान कहिल्यै डराएनन् ।
२०६० साल मंसिर २५ गते तात्कालिन माओवादी कार्यकर्ताले इन्द्र कुमार थापा, कर्ण बहादुर थापा (सेनाको लप्टन), खिन बहादुर थापालाई घरबाटै हपहरण गरे । यो अपहरणमा गोपाल थापा भने जाेगिए । साथीहरु अपहरणमा परे भन्ने सुन्ना साथ आफू सुरक्षित स्थानतर्फ गएको गोपाल थापा बताउँछन् ।
माओवादी कार्यकर्ताहरुले इन्द्रबहादुरलाई अपहरण पछि घरमै ल्याएर छाडेका थिए भने कर्ण बहादुर थापा (सेनाको लप्टन) लाई पनि छाडेका थिए । तर खिनबहादुर थापालाई भने माओवादी कार्यकर्ताले छाडेनन् ।
गाउँमा राती गोलि पड्किएको आवाज सुनियो । भोलि पल्ट मंसिर २६ गते बिहान खिनबहादुर थापा मगरको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो । (गोपाल थापा सँग गरिएको कुराकानीमा आधारित)
