सहिद मुकुन्द सेनको आज स्मृति दिवस

Avatar photo
नारायण सिलवाल
मङ्लबार, भदौ २९, २०७८

धादिङको नलिकण्ठ नगरपालिका स्थित सुनौलाबजार रानीस्वाँरामा जन्मिएका मुकुन्द सेन जनयुद्धमा सहभागि बने सँगै सन्देश नामले परिचित गरायो । वि. स. २०४८ सालमा पार्टी जनयुद्धमा जानुपर्छ भन्ने सेन २०५४ सालमा पुर्णकालिन तात्कालिन माओवादीको पूर्णकालिन कार्यकर्ता बन्नु भएको थियो । त्यो सँगै ०५५-५६ सालमा किसान संघ क्रान्तिकारीको जिल्ला नेतृत्व संहाल्नु भएका मुकुन्द सेनले किसान, नेवा संगठनको जिम्मेवारी सम्हालेका सेन एरिया पार्टी हुँदै जिल्ला कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएको थियो । संगठनको वैठकहरु संचालन गर्ने क्रममा उहाँ धादिङको नेत्रावती गाउँपालिका स्थित कटुन्जेको थर्पु भन्ज्याङ जानुभएको बेला स्थानीय सुराकीको माध्यामबाट तात्कालिन शाही सेनाले कब्जा लियो र त्यहि दिन अर्थात आजैका दिन २०५९ साल भाद्र २९ गते थोप्पलको छेउ रिमाल्डीमा लगी गोली हानी हत्या गरेको थियो ।

मुकुन्द सेनको जीवनी
धादिङ नीलकण्ठ नगरपालिका स्थित सुनौलाबजार रानीश्वारामा आमा बुद्ध लक्ष्मी सेनको कोखबाट र पिता खड्ग भुवन सेनका दोस्रो सन्तानको रुपमा वि.स. २०१४ साल असार २१ गते मुकुन्द सेन सन्देश जन्मनु भएको थियो । उहाँको दाजु दिपक, भाई वीर सेन, दिदी भगवती सेन हुनुहुन्छ । उहाँको प्रचलित चलन अनुसार मिरा सेन संग विवाह भयो छोरा विभु सेन छोरी प्रथा सेन गरि दुई सन्तान छन् ।

धादिङ सुनौलाबजारमा रहेको भैरवी माध्यामिक विद्यालयबाट एसएलसी पास गर्नुभएका सेन मध्यम किसान परिवारका हुनुहुन्थ्यो । गाउँमा झै-झगडा मुद्धा मामिला मिलाउन निकै सिपालु सेन सामाजिक काममा पनि त्यतिकै अग्रसर हुनेहुँदा गाउँमा लोकप्रिय हुनुहुन्थ्यो उहाँकै सक्रियतामा रानीश्वारा खानेपानी संचालनमा आएको थियो ।

राजनीतिक यात्रा
उहाँले २०३० साल देखिनै मसालको कार्यकर्ता भएर काम गर्नुभयो । सास्ंकृतिक क्षेत्रमा पनि उहाँले काम भएको थियो । परिवर्तित राजनिति संगै उहाँले किसान जनताको न्याय सम्बन्धित ब्यबसाय पनि गर्नु थियो । उहाँले ०५५-५६ सालमा किसान संघ क्रान्तिकारीको जिल्ला नेतृत्व पनि सम्हाल्नु भयो ।

वि.स. २०४८ सालमा पार्टी जनयुद्धमा जानुपर्छ भन्ने सेन २०५४ सालमा पुर्णकालिन हुनुभएको थियो । किसान, नेवा संगठनको जिम्मेवारी सम्हालेका सेन एरिया पार्टी हुँदै जिल्ला कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएको थियो । संगठनको वैठकहरु संचालन गर्ने क्रममा उहाँ धादिङको नेत्रावती गाउँपालिका स्थित कटुन्जेको थर्पु भन्ज्याङ जानुभएको बेला स्थानीय सुराकीद्धारा तात्कालिन शाही सेनालाई खबर गयो ।

सेन चर्चित नेता हुनुहुन्थ्यो, उहाँलाई दुस्मनले धेरै खोजी गर्दथ्यो । सेना सर्चमा आयो, संयोगवस बहिनी पार्वतीको घर जाँदै गर्दा सेना संग जम्काभेट भयो र कब्जामा पर्नुभयो । सेनाको चरम यातनामा पनि सेन झुक्नु भएन ।

त्यहि दिन थोप्पलको छेउ रिमाल्डीमा लगी गोली हानी हत्या गरेर हिड्यो । यसरी क्रान्तिको सिरोभार बाच्नेहरुलाई पुरा गर जनयुद्ध जिन्दावाद भन्दै वि.स. २०५९ साल भाद्र २९ गते साहदत प्राप्त गर्नुभएको थियो । साहित्यमा पनि निकै रुचि राख्ने मुकुन्दको नाममा गजुरी गाउँपालिका स्थित आदमटारमा वाचनालय स्थापना गरिएको छ । यस्तै उहाँको स्मरण गर्दै सुनौलाबजारमा कुवा खनिएको छ ।