
धादिङ । धादिङमा जनयुद्धको क्रममा यो भाद्र महिनामा मात्रै माओवादी कार्यकर्ता भएकै आधारमा ८ जनालाई तात्कालिन सुरक्षा फौजले हत्या गरेको छ । ती आठ जना मध्य आज आज भन्दा ठिक १९ वर्ष अघि आजैका दिन धादिङ जीवनपुर निवासी सुमित्रा दंगाललाई हत्या गरिएको थियो ।
धादिङ जीवनपुर निवासी सुमित्रा दंगाल र मकवानपुर थाहा नगपालिका १ कुण्ठाल निवासी सुनिता गोपाली (विनिता) लाई आजैका दिन ०५९ भाद्र १३ गते तात्कालि सेनाले धादिङ तसर्फुमा हत्या गरेको हो ।
सहिद सुमित्रा दंगाल (संगिता) को जन्म २०३९ साल बैशाख २८ गते धादिङ जिवनपुर १ मा भएको हो । माता दुर्गादेवी ठकुरी र पिता गुणध्वज ठकुरीको जेष्ठ सुपुत्रीका रुपमा जन्मनु भएको सुमित्रा सानै उमेरदेखि क्रान्तिकारी स्वाभावको हुनुहुन्थ्यो ।
गाउँकै खैरेनी माध्यामिक विद्यालयमा प्राथमिक शिक्षा, ६ देखि ८ सम्म गाउँकै ज्योती मावि केवलपुरमा पढुनु भयो, भने ९ र १० कक्षा पढ्नको लागि नुवाकोटको विरेन्द्र मावि जानु भएको थियो । विद्यार्थी जीवन मै ०५३ सालमा अनेरास्ववियु क्रान्तिकारीको सदस्यता लिएर पार्टटाईमरको भुमिका निर्वाह गर्नुहुने सुमित्रा पार्टीको आवश्यकता र आफ्नो चाहनाबमोजिम ०५६ सालमा पार्टीको पुर्णकालिन कार्यकर्ता बन्दै जनयुद्धमा प्रत्यक्ष सहभागिता जनाउनु भयो ।
तात्कालिन माओवादीका जिल्ला नेताहरु देखि जनता सम्म वैचारिक रुपमा खारिएकी नेतृका रुपमा परिचित सुमित्रा पूर्णकालिन भए सँगै टेक नाम संगिताबाट परिचित हुन थाल्नु भयो । जनताका सामान्य समस्यामा समेत पुग्ने संगिता संगठन निमार्ण होस् या जनसहभागितको काममा होस् । सधैं अग्रपंतिमा देखिनु हुन्थ्यो ।
मृत्युको कफनबाँधेर जनमुक्तिको आन्दोलनमा लाग्न पाउनु आफ्नो भाग्य ठान्ने संगिता र मकवानपुर थाहा नगरपालिका १ कुण्ठाल निवासी सुनिता गोपालीलाई ०५९ साल भाद्र १३ गतेका दिन बिहान करिव ४ बजे बैरेनी ६ नेपाली सेनाको बाहिनीबाट खटिएको तात्कालीन शाही सेनाका जल्लादहरुले धादिङ भुमेस्थान १ मा बसेकै घरबाट अपहरण गरि जिल्लाकै तसर्पुको निगाले रातमाटे भन्ने ठाउँमा लगेर चरम यातना दिएर बुलुका ८ बजे गोली हानी हत्या गरेका थिए । धादिङबाट जनयुद्धको क्रममा भाद्र महिनामा ८ जना सहिद (विवरण समेत)