गंगाजुमनाले हेलिकप्टरबाट आज दुई जनालाई प्रशुतीका लागि काठमाडौं पठायो

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १९, २०७८

धादिङ साउन १९ । धादिङको गंगाजमुना गाउँपालिकाले आज सुरक्षित प्रशुतीका लागि हेलिकप्टरबाट दुई जनालाई काठमाडौं पठाएको छ ।

गंगाजमुना गाउँपालिका २ बस्ने २९ वर्षिय जोकर सिरि तामाङ र ३० वर्षिय समिक्षा तामाङलाई सुरक्षित प्रशुतीका लागि हेलिकप्टरबाट काठमाडौं पठाएको हो ।

जोकर सिरि तामाङ समिक्षा तामाङ लाई २ दिन देखि लामो प्रशव व्यथा दुबै जना गर्भवतीलाइ रास्ट«पति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्तटर मार्फत हवाइ उद्दार गरि काठमाडौं पठाइएको स्वास्थ्य संयोजक दिपक अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

गाउँपालिकाले गाउँपालिका भित्र सुरक्षित प्रशुती गराउन कठिनाई भए निशुल्क हेलिकप्टर उपलब्ध गराउँदै आएको छ । गाउँपालिको यो सुविधा यस अघि ४ जना गर्भवती महिलाले लिई सकेका छन् । गंगाजुमनाले गाउँपालिकामा सुरक्षित प्रशुती गराउन नसक्ने अवस्था आएका गर्भवती महिलाहरुलाई निशुल्क रुपमा हेलिकप्टरबाट काठमाडौं पठाउँदै आएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरुको यसरी नै निःशुल्क हवाई उद्धार भइरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय मिलाउने गरेको छ ।

यो कार्यक्रम शुरु भएको करीब दुई वर्षमा रुबीभ्याली गाउँपालिकाबाट मात्रै १७ जना बढी गर्भवती तथा सुत्केरीलाई हेलिकप्टरबाट उद्धार भएको छ ।